Pages

Wednesday, July 28, 2010

!!!सपनी!!!


आज राती सपनी तिम्रो मेरो भेट भयो!
एकान्तमा थियौ तिमी हातमा भने झोला थियो!!!
मनका कुरा खोल्छु भन्दा तिमी थियौ हतारमा!!
तिम्रो पछि लाग्दै थिए म पनि त अध्यारोमा!!


कहिले भने अघि जान्छु घरि तिम्रो पछि!!
बोलचाल हाम्रो नभए नि भएको थे साथी!!!
तिम्रो रुपको वर्णन अब गरु म कति कति!!
स्वर्गलोककी अप्सरा झै राम्री कति कति!!

कहिले जान्थेउ उकाली फेरी झर्थेउ ओरालीमा!!!
तिम्रो पछि लाग्दा लाग्दै भेटे बल्ल देउरालीमा!!!!
यस्तै यस्तै कुरा थिए सपनीमा देख्दा खेरी!!!
हैन भन्थे हो रहिछ एक्लै थिए उठदाखेरी!!!

शोभाकान्त पोख्रेल!!!
दोहा कतार!!!!