Pages

Wednesday, July 28, 2010

!!!सपनी!!!


आज राती सपनी तिम्रो मेरो भेट भयो!
एकान्तमा थियौ तिमी हातमा भने झोला थियो!!!
मनका कुरा खोल्छु भन्दा तिमी थियौ हतारमा!!
तिम्रो पछि लाग्दै थिए म पनि त अध्यारोमा!!


कहिले भने अघि जान्छु घरि तिम्रो पछि!!
बोलचाल हाम्रो नभए नि भएको थे साथी!!!
तिम्रो रुपको वर्णन अब गरु म कति कति!!
स्वर्गलोककी अप्सरा झै राम्री कति कति!!

कहिले जान्थेउ उकाली फेरी झर्थेउ ओरालीमा!!!
तिम्रो पछि लाग्दा लाग्दै भेटे बल्ल देउरालीमा!!!!
यस्तै यस्तै कुरा थिए सपनीमा देख्दा खेरी!!!
हैन भन्थे हो रहिछ एक्लै थिए उठदाखेरी!!!

शोभाकान्त पोख्रेल!!!
दोहा कतार!!!!

Tuesday, July 27, 2010

!!!!फेशन!!!!


हे भगवान कस्ता आए चलन!!!
अब कुरा गरु कसरी!!!
घाइतेले नपाउने मलम!!!
फेशनको कुरा गर्छु सरसरी!!!

अब चिन्न पनि गाह्रो केटा हो को केटी!!!
केटाको कुरा गर्ने हो त देख्नै नहुने ठिटी!!
ठिटीहरुको के कुरा आम्मै नि कपडा नै कस्तो!!
हुन त होला है महंगो छोडेर खोज्या सस्तो!!!

गुन्युँ चोलीको कुरा गर्यो!!!!
भन्छन गाठे पाखे!!!!
ठुला ठुला चस्मा पहिर्यो!!!
हुन्छन् चार आखे!!!

केटा पनि उस्तै आजकल!!!
फेसन नै भो चर्को!!!!
सोझा साझा देखे भने भनि दिने अंकल!!!
राम्रै कुरा गर्दा पनि बोली भने चर्को!!!

काम छैन दिनै भरी यता उता डुल्ने!!
साझँ पर्नै पाको छैन भट्टी भट्टी झुल्ने!!!!!!!
हेर्दा हेर्दै दङ्ग पर्ने आजकलको फेशन!!!
कता गए छोरा छोरी बाउ आमालाइ टेन्सन!!!!



बाँकी अर्को भागमा!!!!!!
समय अनुसार लेखे गल्ती भए माफी है !!!!

Wednesday, July 21, 2010

!!!!!!!किन!!!!!!



रुकुम रोल्पा आउने झाडा बान्ता,
सिंहदरबार किन आउदैन!!!
जता ततै बाढी पहिरो,
संबिधान सभाको भबन किन बगाउदैन!!!
जता ततै चोरी लुटपाट,
नेताको घरमा किन हुदैन!!!
नारी शोषण बलत्कार जता ततै,
संसद भबनमा किन हुदैन!!!
जता ततै दुर्घटना मात्रै अकालमै कति मरे,
तर नेता किन कहिल्यै मर्दैनन्!!!!!
जहिले पनि नेतामा लुछाचुडी,
कहिल्यै पनि राम्रा मन्त्री किन बनेनन्!!!!

Friday, July 16, 2010

गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l

_____________________________________खगेन्द्र पन्धाक लिम्बू


[पर्सियामा एकजना अन्धाले लयात्मक विधाको कविताको सुरुवात गरेर गाउन थालेको ईतिहाँसलाई गजलको प्रमुख उत्पत्ति मानिए पनि अर्को तर्फ अरबियन युगको प्रचलित लयात्मक कवितालाई पर्सियामा गीत-संगीतको रुपमा बिकाश गरी गायनयोग्य रुपमा अन्य अरबियन देश, भारत तथा बिस्वभर ब्यापक गरिएको मान्यता पनि छ lगजलको ईतिहाँस लामो छ lधेरै धारणा र अव-धारणाहरु छन् lत्यो यहाँ समाबेश गरेको छैन l]


१.
बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ lस्वर-वर्णको मात्रा,यमक र लम्बाई वा पदको संरचनाको आयतन जसको आधारमा मत्लाको सिर्जना हुन्छ र मिटर(मात्रा) अनुप्रास(काफिया) र रदीफको सन्तुलनमा बाँकी मिसरा र सेरहरू निर्माण हुन्छन l
गजलका प्रत्येक मिसराका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l

२.
रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिसराको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई 'गैर-मुरद्दफ' भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
दोहोरो रदीफको पनि अचेल प्रयोग देखिन्छ l जो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l

३.
काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
दोहोरो काफियाको पनि अचेल प्रयोग देखिन्छ lजो मिसराको जुन ठाउँमा पनि आउन सक्छ l
स्वर-वर्णको आधारमा पूर्ण नमिलेको काफियालाई आंसिक काफिया भनिन्छ र एक अक्षरको स्वर-वर्ण मात्र मिलेको काफियालाई कान्छो वा एकाक्षरी काफिया भनिन्छ l यस्तो खालको काफीया भएका गजलहरु देखिए पनि राम्रो र संगीतमा श्रुतिमाधुर्य मानिंदैनन l
४.
मत्ला= गजलको प्रथम २ सेर वा मिसरा(हरफ वा पद )हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l
जस्तै:कोष्ठमा हेर्नुस -
(आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l )

चुह्यो ईमान रहेन नाता वस्तीमा ओवानो
आफ्नै जीवन गालेर छानो छाप्दैछु अचेल l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

५.
मक्ता =गजलको अन्तिम सेर l जहाँ सर्जकको महत्वपूर्ण छाप र भाव गजलमा छोडिनु पर्दछ l यहाँ गजल सर्जकको छोटो नाम 'तख्हल्लुस' लेखेर छोडिन्छ l त्यसो नगरी पनि हुन्छ l जस्तै: हेर्नुस कोष्ठमा 'तख्हल्लुस'-
शैय्या टेकेर हाँसेको( 'चुम' )मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l

६.
सेरको प्रथम मिसरालाई 'मिसरा ए उल्ला' भनिन्छ l
सेरको दोश्रो मिसरालाई'मिसरा ए सानी'भनिन्छ l

यो गजलको साधारण नियम मात्र हुन् l यति जानियो भने चल्ती आधुनिक गजलमा सिद्ध हस्त हुन सकिन्छ l गजलका बारेमा धेरै अवधारणाहरु छन् र धेरै व्यापक नीतिनियम पनि l तर अहिले यति जाने काफी होला भन्ने सोचेको छु l

लयका नियम:-
आफ्नै/ जीवन/बालेर\\ राप /ताप्दैछु/ अचेल /l =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/ढालेर\\आयु /नाप्दैछु /अचेल l =२/+३/+३\\२/+३/+३\=१६ यसरी प्रत्येक यति र गति बीच शब्दको बराबर मात्रा(मिटर) मिल्नु पर्दछ l

चुह्यो/ ईमान/रहेन\\ नाता/वस्तीमा/ओवानो\ =२/+३/+३\\२/+३/+३\=१६
आफ्नै/जीवन/गालेर\\छानो/छाप्दैछु/अचेल \l =२/+३/+३\\२/+३/+३\=१६ हेर्नुस- प्रत्येक मिसरामा समानता छ l

फाट्यो पुरानो चलन जब मक्किंदै छातीमा
आफ्नै जीवन टालेर घाऊ खाप्दैछु अचेल l

शैय्या टेकेर हाँसेको जात मान्छेको भीडमा
आफ्नै जीवन फालेर भिक्षा थाप्दैछु अचेल l


पूर्ण शब्द यति र गतिको कारणले टुक्रिए वा विभत्स भएमा भाषा र लय स्वयं भंग हुन्छ l
जस्तो:
सपनीमा आउनू =सपनी/मा आउनू/ यहाँ -सपनी/मा टुक्रिए पनि /सपनी/ को अर्थ छ र पूर्ण छ l
तर-
/मा आउनू/ ले अशुद्धि र भाषागत भ्रसं उब्जाएकोले स्वत: गल्ति र लय भंग हुन्छ यस्तो अवस्थामा l

मैले सुत्रगत नगरेको माथिको २ वटा सेरलाई पनि मैले गरेको सूत्रको आधारमा अब आफैं सुत्रगत गरेर हेर्नुस र यसरी नै सिर्जना गर्ने कोशिस गर्नुस l

Wednesday, July 14, 2010

आमा


आमा तिम्रो सेवा गर्न म फेरी फर्के आउदै छु!
आफ्नै गाउँ पाखा सम्झिएर म फर्केर आउदै छु!!
जति पसिना बगाउनु परे पनि आफ्नै माटोमा बगाउने छु!!
आमा म तिम्रो सेवा गर्न फेरी फर्केर आउदै छु!!

यो बिरानो मुलुक अब कहिल्यै धाउदिन!!
बाचा गर्छु आमा म तपाइलाइ कहिल्यै रुवाउदिन!!
नयाँ बिहानीको किरण फेरी जगाउने छु!!
आमा म तिम्रो सेवा गर्न फेरी फर्केर आउदै छु!!

बुढेसकालको साहरा प्रदेश धाउदा कति मन रोएको होला!
हरेक पलमा आशुले मुख धोएको होला!!
आफ्नै गाउबेशी साझ बिहान धाउने छु!!
आम तिम्रो सेवा गर्न म फर्केर आउदै छु!!

Saturday, July 3, 2010

!!!प्यारी!!


चुडिएको सरङ्गी म सक्छौ बने जोड प्यारी!
चोखो माया खोज्दै छु म जुठो भने छोड प्यारी!!
स्वार्थी माया लाउँदिन म अस्मिताको ख्याल गरी!!!
सच्चा प्रेम दिन्छौ भने तिम्रै हु म जिवन भरी!!!!

प्रेम गर्नु पाप होइन निर्जल माया राखे प्यारी!
स्वार्थ लुट्ने बिचार भए आजैबाट छोड प्यारी!!
अन्तै जिवन सुम्पियौ भने तिम्लाइ छोड्न राजी प्यारी!!!
जिवन मलाइ दिन्छौ भने त्यो जोवनमा हाजिर प्यारी!!!!
एउटै मुटु होला सायद तिम्रो मेरो जिवन भरी!!!!!!

बिदेश पलाएन सङ्गै !!!हाल बन्द अबस्थामा रहेको
धड्कन पत्रीकाबाट!!!!!!

Tuesday, June 29, 2010

दिन भरी हलो जोत्ने बले दाइको कथा!!
महल बस्ने साहुजीलाइ उस्को पिडा के था!!
दिनै भरी हलो जोत्ने पाखुरीको भरमा!!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!

स्कुल जाने छोरा छोरी सधै कामको साथमा!!
पानी चुहीने चिसो चुलो सधै उसको बासमा!!!
दिनै भरी हलो जोत्ने पाखुरीको भरमा!!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!

चोली फाट्यो श्रीमतीको फाट्यो मन पनि!!!
त्यही बनेर बस्नु पर्ने दिन गनी गनी!!!!!
दिनै भरी हलो जोत्ने पाखुरीको भरमा!!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!

बिहान उठी फेरी लागे गैह्री खेत जोत्न!!!
श्रीमतीलाइ पुग्नु पर्छ साहुको दैलो पोत्न!!!!!!!
दिनै भरी हलो जोत्ने पाखुरीको भरमा!!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!!
साझं पर्यो खानु छैन कठै बरा घरमा!!

शोभाकान्त पोख्रेल!!!!
स्याङ्जा-सेतीदोभान!!!!
हाल दोहा-कतार!

Thursday, June 24, 2010

!!!गोली!!!

उ हेर त्यहाँ गोली चलेछ!!!!
फेरी एक निर्दोश मान्छे मरेछ!!!
जता ततै गोलीको बर्षा भएछ!!!
अनि आतङ्कको हल्ला चलेछ!!!
उ हेर त्यहाँ गोली चलेछ!!!

चर्चमा गोली चल्यो चल्यो अरे!!!
अब गुम्बामा पनि चल्छ होला!!!
मज्जिदमा पनि गोली चल्यो अरे!!!
पशुपतिको मन्दिर पनि ढल्छ होला!!!
सारा नेपालमा गोली चलेछ!!!

अब सबै गोलीको शिकार हुदै छन अरे!!!
कलम चलाउने हात बारुद भर्दै छन अरे!!!
जता ततै पटटटट आबाज निकल्दै छ अरे!!!
नेपाल आमा बिचमा परिन अरे!!
नेपाल आमा बिचमा परिन अरे!!!!


शोभाकान्त पोख्रेल!!
दोहा-कतार!!

Tuesday, June 22, 2010


चर्को घाम सगै सामना र पिडा! !!!
गरीबीले बनाएको अनि साहुको घिणा!!!
जसो तसो तिर्नु छ सय कडामा साहुको ऋण!!!
अनि परिबार सगै जिउने पर्खेर अधुरो दिन!!!

रात दिन काम गर्यो पाउने हैन आधा!!!!
आफु भने हेर्या हेर्यै साहुले लाने ज्यादा!!!
सावाँ जोड्यो,ब्याजँ जोड्यो,जोड्यो प्याजँ पनि!!!
साहुँ हुने सधै माथी हामी भने मुनी!!!

धनको गरीब भए पनि मनको गरीब हैन्!!!
यसपाली त पापी साहुँको ऋण नतिरी भैन्!!
अब भने फर्किएर आउछु यसैपाली!!
दु:ख गर्छु!मेहनेत गर्छु खेतका आली आली!!!

आफ्नै खेतमा बगाउछु पसिनाका दाना!!!!!
स्वर्ग भन्दा प्यारो लाग्छ झुपडीका छाना!!!
खेतबारीमा आफ्नै हातले अब छर्दै माना!!!
कति भयो हिसाब किताब पापी साहुँले भन!!!!!

खेतबारीमा आफ्नै हातले अब छर्दै माना!!!
कति भयो हिसाब किताब पापी साहुँले भन!!!

शोभाकान्त पोख्रेल
सेतिदोभान,स्याङ्जा!!!
हाल(दोहा-कतार)

Friday, June 18, 2010

!!!!!कबिता!!!!

सन्झदा ति तिम्रा कुरा तप्प आशुँ झरि दिन्छ!!!
तिम्रो मिठो मुस्कानले यो मन फेरी फर्काइ दिन्छ!!!!
शंका लाग्छ घरी घरी तिम्रा ति कुराहरु!!!!
तिमी तिरै तानि दिन्छ छङ्छङ् बज्ने चुराहरु!!!

लजालु ति तिम्रा नयन एकोहोरो हेरी दिदाँ!!!
मलाइ देखी दोबटोमा लामो सास फेरी दिदाँ!!!!!
यो मन त्यसै थाम्नै गाह्रो हुने तिमी देखि टाढा हुदाँ!!!!
नरोउ भनि आशुँ पुच्थे मेरो साथमा तिमी रुदाँ!!!!

अन्धकारको ज्योति लाग्छ तिम्रो साथ पाउदाँ खेरी!!!!!
खोला नाला नाचिदिन्छन तिम्ले गीत गाउदाँ खेरी!!!!
बाध्यताले टाढा भए धनको पछि लाग्दा खेरी!!!!!
तिम्रोसाथ बस्ने दिन अब आउला कहिले फेरी!!!
अब आउलाँ कहिले फेरी!!!!!!!!!!


प्रदेशी कान्छो!!!!
शोभाकान्त पोख्रेल!!!!!
मरुभुमि

Tuesday, June 15, 2010


!!!!चोट!!!!!
धड्किन्छ मुटु धड्क् धड्क्
अनि याद आउछ उसैको!!!
बल्जिन्छ घाउ बलक् बलक्!
अनि दुख्छ घाउ मुटुको!!!

कति दिन्छौ चोटै चोट!!!
याद आउछ बिगतको!!!
कति लाउछौ खोटै खोट!!!
अनि यस्तै रित जगतको!!!

धड्किन्छ मुटु धड्क् धड्क!!!
बल्जिन्छ घाउ बलक् बलक्!!!!!!



शोभाकान्त पोख्रेल!!!! सेति दोभान:१ स्याङ्जा!!!
हाल दोहा-कतार!!!!!

Monday, June 14, 2010

!!!झटारो!!!


नेताका भाषण, चैत्रको भेल|
राष्ट्रलाई ठगि, सत्ताको खेल||

भारतको सेवा, सत्ताको घेरा|
नेताको निवास, दिल्लीको डेरा||

नागार्जुन पसी, माहिलाको खेला||
सडकमा रुँदै, कमल जी चेला||

दाजुको शरण, भाउजुलाई गाली|
बिग्रेको समाज, माग्दैछ ताली||

जान्दैनन् नाच्न, आंगनलाई दोष|
नफिर्ने भयो, शाशकको होस्||

भोट माग्न हिंड्दा, मलाई नि रोजे|
काम गर्देउ भन्या, साइनो पो खोजे||

-डि आर पौडेल!!

Sunday, June 13, 2010

!!! तिम्रो शहरमा !!!


म त गाउँले के आउँनु तिम्रो शहरमा

मेरो लागि के पाउँनु तिम्रो शहरमा ॥

धनै धनको बिटो लिई आउँछन् अरे त्यहाँ

म भिखारी के धाउँनु तिम्रो शहरमा ॥

क्यासिनो र डिस्को तिर तिम्रो मोह छरे

लोक भाका के गाउँनु तिम्रो शहरमा ॥

तिम्रा रंगीन सपनाको राज कुमार भइन

उजाड बस्ती के छाउँनु तिम्रो शहरमा ॥

सुन्दर फूलमा झुम्मीएका भमराको ताँती

घायल नजर के लाउँनु तिम्रो शहरमा ॥

म त गाउँले के आउँनु तिम्रो शहरमा

मेरो लागि के पाउँनु तिम्रो शहरमा ॥

!!!!रुद्र प्रसाद!!!!!

यो उदासीमा दिल खोलेर हाँस्न पाए पो!
अनाथ जीवन तिमीसँगै बाँच्न पाए पो !


अति निर्जन कल्पनामा डुलिरहेछ मन
यथार्थमा प्रिय साइनो गाँस्न पाए पो !


फेलैफेल भएँ क्यारे तिम्रो प्रेम-परिक्षामा
एकपटक त तिम्रै मुटु जाँच्न पाए पो !


नवीन काफ्ले!!
दोहा कतार!!

Saturday, June 12, 2010

फक्रेका फूलहरु नि, टिप्नै नपाई झरेका छन्!!!!!!!


फक्रेका फूलहरु नि, टिप्नै नपाई झरेका छन् ।
टिप्न दिन्नन् काँडाहरु, आफैभित्र मरेका छन् ।।

उकुस मुकुस फूलहरु, काँडा भित्र घेरिई बस्दा ।
कति पिडा हुँदो हो नि, ओईलाएर मरि झर्दा ।।

पर्खी बसें फेदैनेर, पात पन्छाई फुलले हेरिन् ।
आँखा जुधे अनायासै, लजाउँदै घुम्टो बेरिन् ।।

बिजुलीको झड्काले झैं, सरिर आँफै तरंगियो ।
लुकिछिपी हेरी रहें, मन त झनै बरालियो ।।

अनगिन्ती फूल थिए, एउटै बोटमा नानाथरि ।
रोज्न छाड्न नसकेर, अल्मलिएँ पागलसरि ।।

डाँठ्ले भन्यो लैजाउ टीपी, तान बरु म झुक्नेछु ।
उसको ठाउँमा बरु अर्को, कोपिला म फुलाउनेछु ।।

पातहरु नि आँफै हटे, फूलकालागि हात दिंदा ।
काँडाहरु मुर्मुरिए, उनलाई टिपी हातमा लिंदा ।।

स्पर्शमा मुलायम, मखमली र रेशम सरि ।
निकैबेर हातमा लिई, घुरें उनलाई घरिघरि ।।

उनको गन्ध टाढैसम्म, सुभासिंदै बहिदिंदा ।
नजिक जान डराउँथें, काँडा बिचमा ठडिदिंदा ।।

म पनि त भवँरै थिएँ, सुन्दरतामा लठ्ठपर्ने ।
प्रकृती कि रानी उनी, सबैतिर सुबास छर्ने ।।
प्रकृती कि रानी उनी, सबैतिर सुबास छर्ने !

Ratna Kafle
Walling - 8
Rambachchha, Syangja

अलग!!!


लक्ष्य हाम्रो एक थियो बाटो हाम्रो अलग
जन्म हाम्रो एक थियो माटो हाम्रो अलग ||

ब्यथा हाम्रो एकै थियो गाठो हाम्रो अलग
यात्रा हाम्रो एकै थियो बाटो हाम्रो अलग ||

पस्ने ढोका एकै थियो साचो हाम्रो अलग
हातो हाम्रो एकै थियो जातो हाम्रोअलग ||

मुटु हाम्रो एकै थियो नातो हाम्रो अलग
हिसाब हाम्रो एकै थियो खातो हाम्रो अलग ||

जीतु के सी अभागी (गाउले भाई )

Thursday, June 10, 2010

मेरो भनाइ!


जता ततै बिश्वकपको चर्चा!!अनि हाम्रो देश अपाङ सरी गुज्रीरहेको आबस्थामा मैले एक सोच बनाएको छु हाम्रा सबै नेतालाइ बिश्वकप खेल्न पठाउदा कस्तो होला जित्न त नसकेपनि कमसेकम चेतना आउथ्यो कि?
दुइ-चार जना हातखुट्टा भाचेर,टाउको फुटाएर आए भने कस्तो होला सधै जनताले आम्दोलन गर्दा अनि जनता मर्ने अनि घाइते अपाङ्ग हुदाँ सम्मान नहुने,तब अनुभब आउथ्यो कि!!!!सधै जितमा घमण्ड गर्ने र जीत मात्रै खोज्नेलाइ हारको अनुभब थाहा हुन्थ्यो कि? हैन!!!

Friday, June 4, 2010

आजको सन्दर्भ!

हासो उठ्दो राजनीति!!अनि नयाँ युवा नेता रे उही पारा खै त दुई बर्षको यो अबधीमा युवा नेता भनाउदाँको पनि त केही अर्थ भएन। सधै एक आपसमा झगडा मारपीट नै!एक अर्कोलाइ आरोप प्रत्यारोप!अनि आफुलाइ गंगन थापा भन्ने,हा हा अरु रबिन्द्र अधिकारी,बर्षमान पुन अनन्त,अनि कति हो कति यो जमात। तर के नै गरे त आजको प्रश्न चिन्न????????फेरी उता एक अर्को बिच युवाहरु लडाइ गराउने खेल खेली रहेका छन्।कहिले हुन्छ त यिनीहरु को मेल????

Sunday, May 30, 2010

केही गेडी~!!~~

(४+३,४+३=१४ ४+३,४+३=१४ ३ ४+५=९ )
धान रोप्ने उभेर , हिलो खेत जोतेर
तिमि राम्री के बिधि , पाउडर पोतेर
ए दाज्यै
ल्याउन पर्ने भाग्य राजै ||१

तिरतिरै धाउने चरी कति छ राम्रो
माया प्रिती लगाउने ठुलो धोको छ हाम्रो
कामना
सफल हुनु नै चाहना ||२

हरि अधिकारी!!!!!!

Friday, May 28, 2010

अबको प्रधान मन्त्री को त?

???????तपाइ बन्ने हो सहमतीमा!!!!!!कुरा चलाउदा कस्तो होला!!!!!

प्रमुख तीन दलवीच संबिधानसभाको म्याद थप्न सहमति!!!1

पाँच दिनभित्र प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने
प्रमुख तीन दलवीच संबिधानसभाको म्याद थप्न सहमति जुटेको नेताहरुले अनौपचारिकरुपले बताउन थालेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले पाँच दिनभित्र सहमतिको राष्ट्रिय सरकार बनाउन मार्ग प्रसस्त गर्ने घोषणा ब्यबस्थापिका संसदको वैठकमा गर्नुहुने छ । माओवादीले राजीनामा गर्ने सार्बजनिक प्रतिबद्धता आउनुपर्ने माग गरेपनि प्रधानमन्त्रीले 'मार्ग प्रसस्त गर्ने' बाचा गर्नुहुने भएको छ ।

Monday, May 24, 2010

http://www.quickheal.co.in/downloads.asp

http://www.quickheal.co.in/downloads.asp
वालिङ खेलमैदान नजिकै गिट्टि कुटदै गरेकी स्याङजा पुतलिबजार नपा वाडनं ९ घर भएकी हाल वालिङमा कोठा भाडामा बस्दै आएकी फुल माया एस्ा के आफुलाइ अबको जमानामा पनि मजदुरी गरेर खाने हो हामी त्यसै पैसा कमाइदिन्छैा भन्दै १५ हजारको सदस्यता बनाएको बताइन । घरमा लाउन खानको राम्रो ब्याबस्था छैन पैसा कमाउने प्रलोभनमा फसे वालिङमा रहेको छिमेकी बिकाश बैकबाट २० हजार ऋण लिएर युनिटीको सदस्य बने युनिटी ठगी भएको सुन्दा छांगाबाट खसेजस्तै भए फुलमायाले अगाडी भनिन श्रीमानलाइ थाहा थिएन पैसा फसेपछी हिजो मात्र उहांलाइ सुनाउदा उहांले पिटनुभयो निधारमा श्रीमानको कुटाइबाट भएको घाउ देखाउदै भनिन

http://www.frametoy.com/

http://www.frametoy.com/

http://www.smsjive.com/

http://www.smsjive.com/

!!!मेरो खिचडी!!!

1.एकै छिन है!!!दुइजना गफाडी!!!एउटा मान्छे बालुवाको थुप्रोमा बसेर तारा गनीरहेको देखर !!!पहिलो:हैन यार त के गर्दै छस्!!दोस्रो:देखेनस् तारा गन्दै छु!!!पहिलो:ए अनि कति गनीस् त!!दोस्रो:यो बालुवाको थुप्रो जति सबै गनेका हुन!!ल यो बालुवाको थुप्रो गन ठ्याकै थाहा हुन्छ!!!

2.एकै छिन है!!!
दुइ जना प्रेम,प्रेमीका!!
प्रेमीका:मलाइ तिमी कति माया गर्छौ?
प्रेम :म तिम्रो लागी तारा नै झारीदिन्छु!!!
प्रेमीका:उसो भए मलाइ तारा टिपेर ल्याइ दिउन!!!
प्रेम:अनि आकाशमा उडेको हवाइजहाज देखाउदै !
हेर प्रीया उ मैले नै झार्दै छु एकै छिन पर्ख है!!!

3.आजको चटारो!!!सुजाता र प्रचण्ड!!!!प्रचण्ड:हैन सुजता जि गिरिजा बाबुले मर्नु भन्दा अगाडी के धोको राखेका थिए!!!!सुजता:गिरिजाबाबुको सबै भन्दा ठुलो धोको मलाई प्रधानमन्त्री बनाउने धोका थियो!!लौन न यो धोका पुरा गर्न पर्यो!!!

4.म र एक जना दाजुको कुरा!!दाज्यु:हैन कान्छा के गर्दै छ!!म ::दाइ धनियाँ कट्दै छु!अनि के छ सब्जी!!!!म:हैन सब्जी त काटेकै छैन!!!दाइ:किन त???म:हेर्नु न दाइ यो धनियाँ जहिले अन्तिममा काट्ने भएर होला निदाएको!!!!!त्यही भएर नै पहिला कटेको नि!!!!

5.राम:हैन ओ श्याम खाना भयो??श्याम:के खानु नि!!राम:किन नखाएको त?श्याम:आज खान खाने समयमा एउटा झिंगा अनि भन्यो म साह्रै भोक लाग्गेको छ मपनि खान्छु है!!अनि मैले भने म खान्छु अनि खालास्!!तर झिंगा म कसैको जुठो खान्न के,त्यस पछि त सबै खायो म त भोकै!!!!!उफ्फ् उफ्फ्!!!

6.बस कन्डक्टर र यात्रु बिचको कुरा!!!!यात्रुले हात उचाले पछि गाडी रोकियो!!कन्डक्टर:हैन हजुर कहाँ जाने हो बस्नुहोस्!!!यात्रु:हनै म त जान्न !!!कन्डक्टर:हनै नजाने भएकिन गाडी रोकेको त!!!यात्रु:हैन धेरै नबोल है!!अहिले हात उचालेर रोकिदिन्छु अनि कसरी जान्छै!!!!!

7. आज म बसमा यात्रा गरीरहेको थिए!!एउटा मान्छे गाडी कोल्टे परे पछि आफु तिर तानेको देखेर !!!म:हैन दाइ के गर्नु भा?त्यो मान्छे:हेर न यो गाडी घुम्तीमा कोल्टेपरेको छ अणि पल्टिन्छ कि भनेर म तिर तानेको नि!!!!!हा हा हा शुभ-रात्री!!जय होस्!!!!!

8.एकै छिन है!!!डाक्टर र बिरामी बिच!!!डाक्टर: सुन्नुहोस् है तपाइ अब बाच्नु हुदैन !!अन्तिम धोका के छ भन्नुहोस्!!!बिरामी:ए तेसो भए म तपाइलाइ पनि मार्छु मेरो धोको यही नै छ!डाक्टर:मलाई किन मार्ने नि!!!बिरामी :म मरेपछि स्वर्गमा म बिरामी भए कस्ले हेर्ने नि त्यही भएर तपाइलाइ पनि साथैमा लाने नि!

9.सुशील कोइराला र सुजता कोइराला!!!सुजता:ल सुशील दाई कोइराला निवासमा स्वागत छ!!!सुशील:हैन कति सानो यो निबास अनि दुइ चार गाडी त भित्रै अटाउने,अनि माथी हेर्यो भने त टोपी नै खस्ने!

10. श्रीमान र श्रीमती बिचको झगडा !!! श्रीमान:म अब मर्न जान्छु!! श्रीमती: जाउ जाउ न त!!! श्रीमान: तेसो भए मलाइ त्यो लाइट देउ न त!!! श्रीमती:लाइट किन नि मर्न जाने मान्छेलाई!! श्रीमान:बहिर अध्यारो छ क्या!!डर लाग्छ नि!!!!!!!!!

11.माधब नेपाल र के पी ओली!!!माधब नेपाल:हैन ओ केपी जि यो झलनाथ र बामदेवले साह्रै गार्हो बनाए!!!के पी ओली:हे तपाइ पनि अब भारतसगँ भन्नौ रामदेब हाम्लाइ दे!!अनि बामदेब लैजा!!!झलनाथको साटो पो को ल्याउँ चीन बाट!!!!
12.आजको चटारो!!!
माधब नेपाल र राकेश सुद!!
राकेश शुद:क्या हे माधब जि कियु ए पासपोर्टे छाप्ने का रद्द किया???
माधब नेपाल:आप् फिक्क मत् करो मे आप्ना पास पोर्ट उधर छापेगा!!!!१
हा हा !!
13. !राष्ट्रपटिको भबनमा हा हा नेपालका नेताहरु झ्याप रे!!अनि रिल्याक्स्मा रे!!!हा अलि अलि जिब्रो पनि बटारेका छन रे!!!नयाँ बर्षको रमाइलो रे!!!मोज गर जनताको सम्पतिमा!

14. एकजना पसले र एक जना मान्छेको कुराकानी!!!ग्राहक :खै साहुजी मलाइ एक कार्टुन बियर,अनि ५०० बोतल हुस्की दिनुपर्यो!!उधारोमा!!पसले:आज अल्लि कम्ती होला जस्तो छ!!आज ठुलो मौका छ!!नाफा कमाउनेको फेरी उधारो!!अनि हाम्रा नेतालाइ छाडेर तपाइलाइ!!!!

15. एकै छिन है!!!छोराले कपाल पालेको देखेर!!उसको आमाले भनेछ!!आमा:बाबु तिम्ले किन कपाल पालेको????छोरा:आमा म जति काए पनि मोटाउन सकिन अनि यो कपाललाइ केही पनि गर्न नपर्ने!!!अलि तौल बढी हुन्छ कि भनेर नि!!!!हा हा हा

16. एकै छिन है!!!आज म एरपोर्टे गएको थिए!!अनि बाटोमा एक जना मान्छेले प्लेनलाइ बाटोबाट हात ठड्याको देखेर मैले सोधे!!म :हैन हजुर किन हात माथी गर्नु भएको??अनि त्यो मान्छे: हेर न भाइ म पनि जान्छु भनेको माथी पो जान्छ रोक्दै रोक्दैन!

17. एकै छिन है!!!हाम्रा एक नेता क्रीकेट खेल हेर्न गएछन अनि!!!एक जना मान्छेले सोधेछन!!हैन नेता जि तपाइ कहिल्यै क्रीकेट खेल्नु भएको छ!!!नेता:हा हा तपाइ पनि मैले उति बेला क्रीकेट खेल्दा ४ गोल हानेको थिए नि!!!उफ्फ् उफ्फ्!!!

18. एकै छिन है!!!एक जना नेताले उल्टो पत्रीका पढदै गरेको देखेर!!!एक जना व्यक्तिले सोधे:हैन नेता ज्यु के गर्दै हुनुहुन्छ!!!नेता:पत्रीका पढ्दै छु!!!व्यक्ति:अनि किन उल्टो पढ्नु भा को त!!!नेता:अब सुल्टो पढ्यो भने त गाली गरेको र नेताको बिज्यत मात्र हुन्छ !!!अनि के गर्नु ?/////////////

19. एक जना व्यापरी र ग्राहकको कुराकानी!!
ग्राहक:लौन हजुर मलाइ एउटा राम्रो अनि धेरै दुध दिने भैशी हेर्दिनु पर्यो!!!
व्यापारी:लौ हेर्नु होस् यो मेरो भैशी!!यस्को दुध धुहेर नसकिने!!!
ग्राहक:यति धेरै दुध के गर्नु त?
व्यापारी:के को पीर गर्नु भा!!जब बाल्टी भरिन्छ नै त्यसलाइ उल्टो पार्नु फेरि भरिए पछि सुल्टो पार्नु अटाइहाल्छ नि!!!उफ्फ् उफ्फ्!!!

20. एकै छिन है!!!एउटा पसलमा गुन्डा र पसले बिचको कुरा!!!गुन्डा:हे ल हामीलाइ चन्दा चाहियो!!!छिटो छिटो!!!पसले:अब के को चन्दा नि अस्ति भर्खर बिहे गरेर दिएको उ त उसैको घर छे!!!

21. एकै छिन है!!!बन्दकर्ता र शिक्षक बिच!!शिक्षक :हैन यो गेटमा बसेर के गर्नु भा??बन्दकर्ता:स्कुल बन्द गर्या नि!!अब ताल्चा किन्ने पैसा छैन त्यही भएर यि औला हाल्या!!

22. आजको चाटारो!!!:भुटानमा गएका माधब नेपाल र भुटानी नरेश बिचको कुरा!!!!नरेश:उहे चु तु ठ चुनाभ हातेको हु चा।माधब नेपाल:तपाइ फिकर नगुरे!!म अब सबै भुटानी सरनार्थीलाइ नेपाली नागरीक बनाउछु अनि अर्को चुनाब जिती हाल्छु नि!!

23. एकै छिन है!!!
काठमाण्डौको पानी हाहकार देखे पछि एक जना ब्यक्तिले एक जना मन्त्रीलाइ सोधेछन!!!!
ब्याक्ति:मन्त्री ज्यु मेलम्चीको पानी कहिले आउछ नि???
मन्त्री:हा हा हा तपाइ पनि के गर्नु मेलम्ची पानी ल्याएर?
के मेरो मिनरल वाटरको कम्पनी बन्द गरु!!!!!!!

24. बाबु छोराको कुराकानी!!!जबान छोरालाइ बाउले भने!!!बाबु:हेर छोरा आफ्नो मान मर्यादा अनि धर्म साथै आस्थालाइ पनि भुल्न हुदैन बुझिस्!!!!छोरा!!हतार हतार बोल्दै ए ए ए त्यो आस्था !!त्यो त मेरो गर्ल फ्रेन हो नि कहाँ भुल्छु त!!!

25. हाम्रा देशका एक नेता कतार घुम्न आएछ!!!एक नेपाली मजदुर सगँ कुरा!मजदुर:हेर्नुहोस् नेता जि यहाँ त खोलाबिनाको पनि पुल छ देख्नु भो!!!अनि हाम्रो देशमा खोला भएर पनि पुल छैन नि नेता जि!!!नेता: हास्दै हा हा तपाइ पनि चिन्ता नगर्नु होस् मैले दुइ चार ओटा पुल भाडामा लाने बिचार गरेको छु!!बरु दुइ चार जना खोज्नु होस् काध हालेर लानु पर्छ!!!!!उफ्फ् उफ्फ् उफ्फ्!!
26. एकै छिन है साहु र नोकर!!!
नोकरले खाना बनाएर ल्याउदै थियो!!अनि जुत्ताले अल्झ्याएर खाना पोखियो!!!!तब
साहु:हैन आखाँ देख्दैनस्!!!
नोकर: हा हा हा हा सधै तपाइ मात्र खाएर कति मोटाउने अनि यो जुत्ता सधै तपाइ खाना खादाँ आ गर्छ लौ आज खायो ठिकै भो!!
27.
माधब नेपाल र शुशील कोइराला!!!माधब नेपाल: उफ्फ् शुशील जि आज मलाइ दास् दुङ्गाको याद आयो!! अब अर्को दुङ्गा खोज्नु पर्यो!!शुशील कोइराला: अब फेरी कस्को पालो आयो र !!!माधब नेपाल: बामदेब क्या!!!!शुशील कोइराला: हे के को चिन्ता अब मेलम्ची तिर पो लैजाउकी क्या हो!!

28. एक जना नेता र बालकको कुराकानी!!!नेता:हैन बाबु कतिमा पढछौं?बालक:के को कतिमा पढ्नु नी !!नेता :किन नि?बालक:अनि सधै स्कुल बन्द हुन्छ के पढ्छु भन्नु नि!!!

29.
एकै छिन है!!!!बाउ छोराको गफ!!
बाउ: हैन छोरा किन कापी कलम लिएर नलेखी यो काठ बन्दुक जस्तो बनाएर खेल्याएको!!
छोरा: हेर्नु न बाबा यो कापी कलम भन्दा त अब पेस्तोल बन्दुक सस्तो छ मलाइ पनि ल्याइ दिनु न!!उफ्फ् फेरी छोरालाइ बाउले सम्झाउदै !!हेर बाबु योस्तो चिज खेलाउन हुदैन!!
फेरी छोरा: नकराउनु हजुर तपाइको काम छैन,अब म यो संबिधान न बनाउने नेतालाइ उडाइ दिन्छु खै तपाइजस्ता ठुला बडा त कायर पो हुनु भो त थुक्क!!!उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्

30. श्रीमति टि भि मा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा

श्रीमाने अफिस जानलाई तयार भएर सोधेछ,

हेरत म कस्तो देखिएको छु?

श्रीमति : (ट्। व्।हेरेकै सुरमा श्रीमनतिर हेर्दै)
छक्का, छक्का!!!

31. एक जना नेता र युवाको कुराकानी!!!
युवा:हैन ओ नेता ज्यु हैन सहमती कहिले हुन्छ!!~!!
नेता हुन्छ हुन्छ पख्नुहोस् न अहिले सहमतीको बल गोजीमा छ!बेला आए पछि निकालौ ला नि!!
युवा:हा हा हा कति ओटा बल छन त खै एउटा पाउ त!!!!!!!!
हामी पनि खेलु त!!!

32.
एक युवा र सभामुखको कुरा!!!
युवा:हैन सभामुख महोदय,नयाँ सविधान बन्दैन छिटो बनाउनु पर्यो!!!
सभामुख महोदय:हेर्नु चार चार आखाँ भएका प्रचण्डले त नसकेर छोडे,फेरी चार चार आखाँ भएका माधब नेपालले त बनाउन सकेका छैन !!
मेरा त दुइ आखाँ मात्रै म कसरी सकुलाँ!!!

33. एकै छिन है!!!!

घरमा दिदी र भाइ पढ्दै गरेको बेला ढोका ढक्ढकाउदौ,आबाज आयो!

भाइ:ढोका खुल्यै छ आए हुन्छ!!!दिदी:त्यस्तै बोलाउन हुन्छ!अनि चोर रहेछ भने के गर्छस् नि!!!!

भाइ: उसो भए अरु भए आउनुहोस्,चोर भए न आउनुहोस् है!!!
हा हा हा हा हा!!

34. एकछिन है!!!बाउ र छोरा को कुरा!!!!!
बाउ मरे पछि हरेक सपनामा आउने!!
बाबु : छोरा मलाइ सान्ति मिलेन !!!!!!
छोरा: सान्ति त आमाको नाम हो माथी नै गएर खोज्नु न त!

35. एकै छिन है!!!
हिजो प्रधान मन्त्रीले राजिनामा दिने पछि!!!
पत्रकार र माधब नेपाल!
पत्रकार:हैन प्रधान मन्त्री ज्यु राजिनामा कहिले दिने हो?
माधब नेपाल: तपाइहरु पनि मैले गते त तोकेको छैन न नि अझै एक बर्ष त पर्खनु होस् न!!
अनि दिइहाल्छु नि राजिनाम!!!

36. एकै छिन है!!!!!
माधब नेपाल मनमोहन अधिकारीको फोटोलाइ नमस्कार गर्दै गरेको देखेर!!!!
श्रीमती;हैन यि मरिसकेका मान्छेलाइ के पुकरी राख्नु भा!!!!
माधब नेपाल:हे न करा न यिनलाइ पुजा गरेको हो त भारतका मनोमोहन सिंहलाइ पो पुकारेको त कुरै नबुज्ने किन हो???

37. स्कुलमा शिक्षकले बच्चाहरुलाई सोधेछन " भगवान काहाँ छन"
एउटा बच्चा चिच्याउदै "मलाई थाहा छ"
शिक्षक : होर ल भनत कहाँ छन् ?
बच्चा : हाम्रो ट्वाईलेटमा ।
शिक्षक : (एकछिन चुप लागेर) तिमिलाई कसरि थाहा भयो ?
बच्चा : ड्याडि सँधै उठ्ने बित्तिकै ट्वाईलेटको ढोका ढकढकाउदै "हे भगवान तिमि अझैसम्म भित्रै छौ ।

38. एकै छिन है!!!!!
गीरीजा प्रसाद कोइराला र यमराजको कुरा!!
कोइराला स्वर्गबास भएपछि!!
यमराज:तिमीले के के काम गरेर आयौ त?
गिरीजा प्रसाद कोइराला:सबै राम्रो काम गरे एक काम गर्न भुले!!
यमराज:के काम?
गिरीजा प्रसाद कोइराला:२०५८साल जेष्ट १९ गतेका ह्त्यारा भन्नै भुलेछु त!!!!!!

39. एकै छिन है!!
के पी ओली र भारत साबको कुरा!!!
भारत:हैन क्या हुआ ओली जि?
ओली: देखिएन मलाइ सत्ताका रोग लाग् गया!!अभि मेरा १ सालक दबाइ देदो न!!
भारत:क्यासे बात अभि प्रधान मन्त्री तो माधब नेपाल हे ना!!
ओली:क्यासे बात करता हे उ तो नामका हे काम तो मेरा हे ना!
!!!!उफ्फ्फ् उफ्फ्फ्!!!!!!!!!!!

40. एकै छिन!!!
राम र श्यामको कुरा!!
राम:हैन यार तेरो भाइ सधै औला मात्र खान्छ!!!!
श्याम; के गर्ने होला?
राम: हे भएका सबै दातँ जति झारी देउन त!!!!
!!!!उफ्फ् उफ्फ् हा हा हा!!
!

41. एकै छिन है!!एक जना नेता वोर्ल्ड कप हेर्न गए छन!!
नेता:उफ्फ् यो बलालाइ कस्तो नचाएका हेर त्यो बलको गति!!!!!
एक जना युवक ले भनेछन्!!तपाइहरुले पनि त यसरी नै नेपाल नचाइ रहनु भाको छ नि!!!
नेता:हँ!!!

42.
एकै छिन है!!नेता र एक ब्याक्ति!!ब्याक्ति:हैन नेता जि शान्ति कहाँ छ खोइ?नेता:हा हा मलाइ के सोध्नु हुन्छ मलाइ के थाहा!!मलाइ थाहा भएको भए त डिस्को लिएर गहिहाल्थे नि????हा हा हा!

43. एकै छिन है!!हिजो राती एक जना साथी र मेरो कुराकनी!!!
म:हैन यार आज कस्तो हावा चलेको धुलोले तारा पनि नदेखिने है!!!!
साथी:हे यार यो हावाले सबै तारा उडाएर लागे होला नि त्यही भएर नदेखेको है!!
!!हा हा हा!!

44. एकै छिन है!!!राम र श्यामको कुरा!!!
राम:हाम्रो बाउले त कसैलाइ नढाट्नु,न छ्ल्नु अनि न चोर्नु भनेका छ्न!!!
श्याम;हाम्रो बाउले त कसैले हात उठाए न छोड्नु भनेका छन!!!!!!
राम: उ हेर त त्यो मान्छेले हात उठायो जा जा ठोक्!!

45. एकै छिन है!!!
माधब नेपाल र करीमा वेगमको कुराकानी!!!!
करीमा बेगम:हैन हो प्रधान मन्त्री ज्यु यो रणत्रन्त्र दिवसमा मेरो भाग खोइ त?
माधब नेपाल:हैन तपाइले त्यस्तो के नै काम गर्नु भाको छ र?
करीमा बेगम: हेर त सिडीयोलाइ थप्पड हान्या होइन !!थप्पड अवार्ड खोइ त??

46. एकै छिन है!!
एक नेता र युबकको कुरा
हैन नेता ज्यु यो मेलम्चीको काम कहिले सकिन्छ !!!!
नेता :किन चिन्ता धमाधम काम भैराखेको छ!!!
युबक:के भएको छ र त्यस्तो काम?
नेता:देखेनु भएन ११ महिनामा २२ मिटर सुरुङ्ग बनाएको!
हिसाब गर्नुस त !डब्बल काम त भा छ नि!!
युबक:थुक्क्क !!

47, एकै छिन है!!!
प्रेम प्रेमिकाको गफ!!
प्रेमी:हैन त्यो तिम्रो मोबाइल कति बिजी हो भन्या????
प्रेमिका:के गर्नु त फोन आको आइ गर्छ !!
पेमि:कि नि?
प्रेमिका:किन हुनु नि मैले यो न मा मिस्कल नगर्नु भनेको थिए त्यही भएर होला नि??
?प्रेमि: हँ!!!

48. एकै छिन है!!
शिक्षक र जिबनको कुरा!!!!!
शिक्षक:What is your neme?
जिवन:My neme is life...........................

49. एकै छिन है!
शिक्षक र सिताको कुराकानी!!!
शिक्षक:भन त सिता प्रेम भनेको के हो?
सिता: सर सर प्रेम भन्या त्यो हाम्रो कलासको प्रेम हो!!
उ त आज आए न नि!!!!
हा हा हा हा हा हा!!

50. शिक्षक र बिद्यार्थी बिचको कुरा!!!
शिक्षक:राम तिमी दुइ दुइ बर्ष फेल भएर पनि फेल भयौ!!!
राम:सर हाम्रा नेताले त दुइबर्ष फेल भएर फेरी एक बर्ष थपे मैले एक बर्ष थप्न के भो त???????????
!!!!!हा हा हा हा हा हा!!!

51.कोरीया जाने क्रम देखेर!!!!
एक नेता फर्म भर्न गएछन!!!
युवा:हैन नेता जि कता कोरिया जाने को कसो!!!
नेता: के गर्नु अझै एक बर्षमा पनि संविधान नबन्ला जस्तो छ !बरु उता नै जानु पर्यो!!फेरी जनताले मार्ला नि??

52. दुइ जना साथी गफ गरेका रहेछन!!
पहिलो:ओहो नमस्कार तेरो दिन मंगल रहोस्!!!
दोस्रो:हैन के भन्छ!आज त बिहीबार पो त के मंगल मगंल भनेर कराको!!!
पहिलो :उफ्फ्!!!!!!
हा हा हा!~!

53.
!!बाउ छोरा को गफ!!
छोरा बिश्वकप हेर्दै गरेको बेला!!
बाउ:छोरा के गर्दै?
छोरा:फुटबल हेर्दै!!!बाबा के तपाइ फुटबल खेल्नु भएको छ!!!
बाउ:हे बाबु किन नखेल्नु नि मैले फुटबलमा ४ रन हानेको थिए नि!!

54.दुइजना राम र उसकी श्रीमति एक आपसमा अंकमाल गर्दै थिए!!त्यशै बखद श्याम आयो र भन्यो:हैन के हो तिमी हरु?राम:के भो र?तलाइ रिस भए त पनि अंकमाल गर न!तब श्याम गएर राम कि श्रीमतीलाइ अंकमाल गर्यो !!तब राम:हैन तलाइ के भो मेरी श्रीमतीलाइ अंकमाल गर्छस्!!!श्याम:अनि तैले नै भनेको होइन त?त पनि अंकमाल गर भनेर????उफ्फ् उफ्फ्!रमाइलो मात्र है!!!!

55. एक जना नेता वोर्ल्ड कप हेर्न गए छन!!
नेता:उफ्फ् यो बलालाइ कस्तो नचाएका हेर त्यो बलको गति!!!!!
एक जना युवक ले भनेछन्!!तपाइहरुले पनि त यसरी नै नेपाल नचाइ रहनु भाको छ नि!!!
नेता:हँ!!

56.नेता र एक ब्याक्ति!!ब्याक्ति:हैन नेता जि शान्ति कहाँ छ खोइ?नेता:हा हा मलाइ के सोध्नु हुन्छ मलाइ के थाहा!!मलाइ थाहा भएको भए त डिस्को लिएर गहिहाल्थे नि????हा हा हा!!

57. दुइ जना साथीको गफ!!
पहिलो:यार मेरो मोवाइलमा मिसकल आएर हैरान हुन्छु ~!!~
दोस्रो:अनि फोन गरेर गाली गर न!!!!
पहिलो:यार त्यो भन्दा बढी त मैले नै मिसकल गर्छु!!
उफ्फ् उफ्फ्!!

58. हिजो राती एक जना साथी र मेरो कुराकनी!!!
म:हैन यार आज कस्तो हावा चलेको धुलोले तारा पनि नदेखिने है!!!!
साथी:हे यार यो हावाले सबै तारा उडाएर लागे होला नि त्यही भएर नदेखेको है!!
!!हा हा हा!!

59. राम र श्यामको कुरा!!!
राम:हाम्रो बाउले त कसैलाइ नढाट्नु,न छ्ल्नु अनि न चोर्नु भनेका छ्न!!!
श्याम;हाम्रो बाउले त कसैले हात उठाए न छोड्नु भनेका छन!!!!!!
राम: उ हेर त त्यो मान्छेले हात उठायो जा जा ठोक्!!!

यही मेरो २०६७ सालको शुभकामना!!

आयो रे आयो नबबर्ष!
छायो रे छायो सबैमा हर्ष!!!
इच्छा र आकंशा पुरा गर्दै!!!
नयाँ सोच र परिबर्तन भर्दै!!!!!!
दाज्युभाई अनि दिदी बहिनीहरुलाइ!!!
सम्झना गरे मेरा साथीभाइहरुलाइ!!!
आमा बुबाको आर्शिबादलाइ कदर गर्दै!!!
छाओस नयाँ बर्ष नयाँ उमंग र उत्साह छर्दै!!!
शुभकमना सम्पुर्ण नेपालीहरुलाइ!!!!!
खेर जान नदिउँ २०६७को यो आगमनलाइ!!!
सकियोस् एउटा सफल बर्ष कहन!!!!
यही मेरो २०६७ सालको शुभकामना!!!

परिवेष!!

संबिधान नलेख्न्ने जाली फटाहा नेताहरुको लागी एउटा जानकारी कतारको मरुभुमीमा उट हेर्ने भिसा खुलेको छा यता आए हुन्छ!!!अनि सिहंदरबार खाली गर!!!!!!!!!अब तिम्रो कुनै काम छैन !!जेष्ट १४ गतेबाट भत्ता खाने होइन तिम्रा बाउको सम्पति होइन!!अब तिम्रा लुते चाला पनि देखियो!!तिम्रा पनि अब दिन गए !!!एक अर्कोलाइ आरोप लगाएर जनतालाइ छारो नहाले हुन्छ अब ४ ठाउंबाट उठे पनि केही लाग्ने छैन अनि समानुपतिक पनि हटाउनु पर्छ!!!अनि तिम्रा बाउको बिहे त्यही देखिन्छ! ख्याल गर अब ।।।।।।।।।।।।।।।।।।।।।।